प्रभु साहले घोषणा गरे आम जनता पार्टी

प्रतिनिधि सभामा स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी खोलेका छन्। रौतहट क्षेत्र नम्बर ३ बाट विजयी साहले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेर आम जनता पार्टी घोषणा गरेका हुन्।

मंसिर ४ को चुनावअघि नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका उनलाई रौतहट ३ मा कांग्रेस र माओवादीले पनि साथ दिएका थिए।

काठमाडौंस्थित क्रिस्टल पार्ट प्यालेसमा पत्रकार सम्मेलन गरेर साहले ‘आम जनता पार्टी’ घोषणा गरेका हुन्।

उनको पार्टीमा रौतहट क्षेत्र नम्बर २ बाट विजयी स्वतन्त्र उम्मेदवार किरण साह पनि जोडिएका छन्। अहिले प्रभु साहले ५१ सदस्यीय केन्द्रीय तदर्थ कमिटी बनाएका छन्।

बिहीबार उक्त तदर्थ केन्द्रीय समितिको बैठक बसेको थियो। बैठकले प्रदेश, विभागका इन्चार्जहरु पनि चयन गरेको साहले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्