सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा, सुनवाई अर्को विहिबार हुने

काठमाडौं, पुस १४ । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।

बिहीबार उच्च अदालत पाटनको न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

उनीमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनका वकिलहरूले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा हालेका थिए।

गत मंगलबार काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन समेत आदेश दिएको छ।

बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

बलात्कारको आरोपमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्