गृहमन्त्री लामिछानेले पिर्के सलामी नलिएपछि प्रशंसा…

काठमाडौं, पुस १४ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन्।बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन्।

सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ। त्यसैगरि गृहमन्त्री  लामिछानेले पिर्के सलामी नलिएपछि उनको प्रशंसा शुरु भएको छ । नेताहरु मन्त्री भएपछि पिर्के सलामी लिने र त्यो फोटा भाइरल हुने गरेका थिए ।

गृहमन्त्री  लामिछानेले पिर्का बिनै सलामि लिएको फोटा सार्वजनिक भएसँगै उनको प्रशंसा शुरु भएको हो ।

बिहीबार रविका निजी सचिव दिपक बोहोराले रविले पिर्के सलामी बिनै सलामी लिएको फोटो हालेका थिए । सामाजिक संजालमा पिर्का बिनाको सलामी वाहवाह भन्र्दै धेरैले लेखेका छन ।

प्रतिक्रिया दिनुहोस्