महान्यायाधिवक्ता पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं, पुस १४ ।  नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराएका हुन्।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्