सत्ता साझेदार दलको बैठक जारी, ४ दलका शीर्ष नेता उपस्थित
काठमाडौ., पुस १४ । प्रधानमन्त्री निवास बालुवाटार सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक जारी छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने उपस्थित छन्।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन ३ स्वतन्त्र सहित ७ दलबाट १६९ सांसदहरुको समर्थन रहेको छ। पहिलो बैठकमा भने ४ दलका शीर्ष नेतामात्र सहभागी छन्।
जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरु बालुवाटार बैठकमा देखिएका छैनन्। आजको बैठकमा मन्त्रालय बाँडफाँट तथा समसामयिक राजनीतिबारे छलफल भइरहेको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी गराउनेबारे पनि प्रचण्डले छलफल अघि बढाएका छन्।















प्रतिक्रिया दिनुहोस्