गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका छन् ।

राहदानी लिन रातभर लाइन लाग्नुपर्ने अवस्था रहेकोमा सरकारको लामो समय देखि आलोचना भइरहेको अवस्थामा गृहमन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गरेका हुन् ।

प्रचण्ड नेतृत्वमा गठन भएको सरकारले आइतबार आफ्नो सरकारको पहिलो क्याबिनेट बैठकमा समेत राहदानी र लाइसेन्स लिन लाइन बस्नु पर्ने अवस्थाको अन्त्य गर्ने निर्णय गरको थियो ।

उनी सञ्चारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्