कांग्रेसमा अन्तर्घात गर्नेविरुद्ध उजुरी दिने समय थपियो

काठमाडौ, पुस १३ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निर्वाचनमा अन्तर्घात गर्नेविरुद्ध उजुरीका लागि समयावधि थप गरेको छ।

अनुशासन समितिले बुधबार प्रेस विज्ञिप्त जारी गरेर उजुरी गर्ने समयावधि माघ १५ सम्मका लागि थप गरेको हो।

यसअघि कांग्रेसले पुस १५ भित्र पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेविरुद्ध परेका उजुरीहरु प्रदेशस र जिल्ला अनुशासन समिचिबाट विधिवत् निर्णय गरेर केन्द्रीय अनुशासन समितिमा पठाउन भनेको थियो।

प्रतिक्रिया दिनुहोस्