टी २० लिगमा लुम्बिनीको लगातार चौथो जित
काठमाडौं, पुस १३ । जारी नेपाल टी ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले फर वेस्ट युनाइटेडलाई सुपर ओभरमा ९ रनको जित निकालेको छ। टियु मैदानमा फारवेस्टले दिएको १ सय ३८ रनको लक्ष्य २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
लुम्बिनीका लागि गुलसन झाले अविजित ३६ तथा लाहिरु मिलन्था ३४ रन बनाए। त्यस्तै विपुल शर्मा ३१ रन बनाए। उता फारवेस्टका लागि करण केसी र शेर मल्लले समान २–२, उमर अलि, रशिद खान,कप्तान हजमतुल्लाह शाहिदी र भुवन कार्कीले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो। उसका लागि देव खनालले सर्वाधिक ४८ रन बनाए। कप्तान हसमतुल्लाह शाहिदी ३२ रन, बिक्रम शोब १५, करण केसी १२, बिनोद भण्डारी र हसिम अन्सारीले समान ११–११ रन बनाए ।
लुम्बिनीका लागि शेडलीले २ विकेट लिँदा किशोर महतो, सागर ढकाल र हरमिता सिंहले समान १–१ विकेट लिएका थिए।
यो जितसँगै लुम्बिनी ४ खेलमा चारै जितका साथ ८ अंक सहित शिर्ष स्थानमा कायमै रहेको छ । उता पराजित भएको फार वेस्ट चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्