प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, मन्त्रालय बाँडफाँटबारे छलफल
काठमाडौं, पुस १३ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष दाहाललाई भेट्न अध्यक्ष ओली खुमलटारस्थित निवासमा पुगेका हुन् ।
यसअघि आजै बिहान प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
दाहाल नेकपा (एमाले) लगायत विभिन्न सात राजनीतिक दल तथा स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।
मंसिर ११ गते प्रधानमन्त्रीको शपथ लिएसँगै दाहालले मन्त्रिपरिषद् गठन गरेका थिए । अर्थ मन्त्रीमा एमाले विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्रीमा माओवादीका नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नियुक्त भइसकेका छन् ।
त्यस्तै, एमालेबाट ज्वालाकुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी तथा स्वतन्त्र पार्टीका अब्दुल खान मन्त्री नियुक्त भएका छन् । उनीहरूलाई जिम्मेवारी दिन बाँकी छ ।
दुवै नेताबीच मन्त्रालय बाँडफाँडसँगै अन्य दललाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्