सरकारमा सहभागी हुने तयारीमा एकीकृत समाजवादी

काठमाडौं, पुस १३ । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी भएको हो ।

मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटेका थिए । सो भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो ।

यस्तै बुधबार बिहानैदेखि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको छ भने, अहिले खुमलटारस्थित प्रचण्ड निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेपछि सरकार विस्तार बारे छलफल भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्नेबारे नेकपा एकीकृत सकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्