प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच हात्तीवनमा वार्ता

काठमाडौं,पुस १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् ।

नेकपा एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

अहिले हात्तीवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता जारी छ । यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी प्रचण्डको छ ।

नेकपा एसले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेको छ । यता जसपाले आज (बुधबार) मात्र संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चयन भएपछि मात्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्