बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं , पुस १३ । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रूपैयाँले बढेर एक लाख एक हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, चाँदीको मूल्य बुधबार १० रूपैयाँले बढेर १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्