महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त हुँदै

काठमाडौं, १२ पुस। सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ ।

संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ भनी उनले सर्वोच्च अदालतमा बहस समेत गरेका थिए ।

पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए । डा पोखरेलले आफ्नो कानूनको विज्ञताको प्रयोग गरि सरकारलाई काूननी रुपमा सहजता दिने छ ।

प्रतिक्रिया दिनुहोस्