अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण
काठमाडौं, ११ पुस । प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर सोमबार साँझ पदभार ग्रहण गरेका हुन् ।
अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो । एमालेका उपाध्यक्ष समेत रहेका उनले प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि भूमिका खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस्