ब्याट्सम्यान डेभिड वार्नरको अष्ट्रेलियाको टिमवाट राजीनामा
काठमाडौं । बल टेम्परिङमा संलग्न भएको भन्दै एक वर्षे निलम्बनमा परेका अष्ट्रेलियाली पूर्व उपकप्तान तथा ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाको टिमवाट कहिल्यै नखेल्ने घोषणा गर्दै माफी मागे
उनले आफुले गल्ती गरेको स्वीकार गरि रुदै माफी मागेका छन्।
३१ वर्षे वार्नर बल टेम्परिङ विवादमा फसेपछि एक वर्षको प्रतिवन्ध लागेको र प्रतिवन्ध समाप्त भएपछि पनि कहिल्यै कप्तान हुन नदिने क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।
वार्नरले शनिबार गरिएको पत्रकार सम्मेलनमा आँखाभरी आँसु पार्दै क्रिकेट अष्ट्रेलियाका सबै समर्थकहरुसँग माफी पनि माग्दै आफ्नो गल्तीको जिम्मेवारी समेत लिने बताएका छन् ।
दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्टका क्रममा भएको बल टेम्परिङको योजनाकार पनि वार्नरलाइनै मानिएको छ । यसबारे भने छानविन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्