राष्ट्रिय स्वतन्त्र, रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने
काठमाडौं, ११ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
सोमबार बसेको पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । तर, कुन मन्त्रालय लिने भन्ने निश्चित नभइ सकेको र छलफलक कै क्रममा रहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो । प्रधानमन्त्रीले आजै सानो मन्त्रीमण्डल गठन गर्ने तयारीमा लागेको छ ।
प्रतिक्रिया दिनुहोस्