चार्ल्स शोभराजलाई आजै फ्रान्स ‘डिपोर्ट’ गरिने

काठमाडौं, पुस ८ ।  चार्ल्स शोभराजलाई आज (शुक्रबार) साँझ नै फ्रान्स डिपोर्ट गरिने तयारी भइरहेको छ ।

प्रहरी स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन् । शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए । तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी भइरहको प्रहरीले जनाएको छ । उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जाने बताइएको छ ।

केन्द्रीय कारागारबाट रिहा भएका ‘बिकिनी किलर’ चार्ल्स शोभराजलाई अहिले अध्यागमन विभागमा राखिएको छ । दुई विदेशीको हत्या कसुरमा २०७० असोजदेखि नेपालको जेलमा बसेर रिहा भएका फ्रान्सेली नागरिक शोभराजलाई देश निकाला ‘डिपोर्ट’ गर्ने अध्यागमन विभागको तयारी छ ।

पुस ६ मा सर्वोच्च अदालतका न्यायाधशिहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गरेर १५ दिनभित्र आदेश गरेका थिए । नेपाल स्थित फ्रान्सेली दूतावाससँग समन्वय गरेर उनलाई डिपोर्टको तयारी भइरहेको अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले बताइन् ।

उनले भनिन्, ‘दूतावाससँग समन्वय गरिरहेका छौं, चाँडैं उहाँलाई डिपोर्ट गर्छौं ।’ गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार शुक्रवार नै शोभराजलाई स्वदेश फर्काउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्