माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

काठमाडौं, पुस ७ ।  नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् ।

आज (बिहीबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकबाट प्रचण्ड सर्वसम्मत दलको नेता चयन भएका हुन् । दलको प्रमुख सचेतकमा हितराज पाण्डे चयन भएका छन् ।

यस्तै राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् ।
माओवादी केन्द्रमा ३२ सांसद छन् ।

संसदीय दलको बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको थियो । बैठकमा सत्तासमीकरण, आगामी रणनीतिलगायत विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्