सन्दीपको पेशी आज, छुट्न सक्ने सम्भावना कति ?

 

काठमाडौँ , पुस ७ । नबालिका जबरजस्ती बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा पेशी तोकिएको छ ।

पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो ।पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन् ।

उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ । साथै जबरजस्ती करणी वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ । त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ ।

आजकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ ।सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्