अनामनगरमा चल्यो डोजर, भत्काए सडक मिचेर बनाइएको संरचना
काठमाडौं, पुस ६ । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सडक मिचेर बनाइएको संरचनामाथि डोजर चलाएको छ ।
देवीनगरको सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको हो ।
तीन महिना अगाडि नै सूचना गरेपनि अटेर गरेपछि भत्काउनुपरेको काठमाडौं महानगर प्रहरीले जनाएको छ ।
पछिल्लो समय महानगरले यो अभियानलाई तिब्रता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्