दलको नेता भएपछि देउवाले भने : पार्टीलाई अब राम्ररी अगाडि बढाएर लैजान्छौँ
काठमाडौं, पुस ६ । नेपाली कांग्रेस संसदीय दलको नेतामा विजयी भएपछि शेरबहादुर देउवाले अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजाने बताएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छोटो प्रतिक्रिया दिँदै उनले यसतो बताएका हुन् ।
उनले भने, ‘अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजान्छौँ। सबैलाई मिलाएर लैजान्छौँ।’
देउवा दलको निर्वाचनमा ६४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत पाए। देउवा ३९ मतको अन्तरमा विजयी भएका हुन् ।
उनी यो जितसँगै अब छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा छन्। देउवाले यसअघि नै पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गराइसकेका छन्।
देउवा यसअघि २०७८ असार २८ गते पाँचौँ पटक प्रधानमन्त्री भएका थिए। अब उनी छैटौँ पटकको प्रधानमन्त्री पदको दौडमा अगाडि देखिएका छन्। यसका लागि राजनीतिक दलहरुले सरकार गठनको गृहकार्य गरिरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्