राष्ट्रपतिबाट संसद्का ज्येष्ठ सदस्य जबराले आज शपथ लिँदै
काठमाडौं , पुस ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई आज शपथग्रहण गराउँदै छिन् ।
बुधबार दिउँसो १ बजे शीतलनिवासमा जबराले शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।ज्येष्ठ सदस्य जबराले राष्ट्रपतिबाट शपथ खाएपछि उनले बिहीबार अरू प्रतिनिधिसभा सदस्यहरूलाई शपथ गराउनेछन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शपथग्रहण गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया दिनुहोस्