एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

काठमाडौं , पुस ५ । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।

मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भए भएका हुन् ।

प्रतिनिधिसभामा एमालेका समानुपातिकमा ३४ र प्रत्यक्षमा ४४ गरी ७८ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्