स्थायीत्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौं : शेखर कोइराला
काठमाडौं, पुस ५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।
मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रुपमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उनले यस्तो बताएका हुन् । उनले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरुलाई हेर्दै अघि बढ्ने बताए ।
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । देउवाको प्रश्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन भने समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।
महामन्त्री थापाको प्रश्तावकमा भने डा. शेखर कोइराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् ।
प्रतिक्रिया दिनुहोस्