धाँधली र घेराबन्दीलाई पराजित गर्दै एमाले सर्वाधिक लोकप्रिय पार्टी बन्यो: अध्यक्ष ओली

काठमाडौं, पुस ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बनेको बताएका छन् ।

उनले मंगलबार प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई र प्रशिक्षण दिन काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले धाँधली र घेराबन्दीलाई पराजित गर्दै एमाले सर्वाधिक लोकप्रिय पार्टी बनेको पनि उल्लेख गरे ।

ओलीले सिट संख्याको आधारमा एमाले पहिलो नभए पनि लोकप्रियताको आधारमा पहिलो पार्टी भएकाले खुसीयाली र उत्सव मनाउनुपर्ने समेत बताए।

ओलीले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाए । धाँधली र बुथ कब्जा भएको प्रमाण दिँदा पनि पुनः मतदान नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।

एमालेमाथि चौतर्फी हमला हुँदैनथ्यो भने देशलाई स्थिरता दिने अवस्थामा आफूहरु हुने उनले बताए । तर राज्यशत्ता र शक्तिको दुरुपयोग गरेर आफूहरुको विजय खोसिएको ओलीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्