संघीय संसदमा अघिल्लो संसदका भन्दा धेरै समिति बन्ने

काठमाडौं । संघीय संसदमा अघिल्लो व्यवस्थापिका-संसदका भन्दा बढी समिति बन्ने भएका छन् ।  प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको छ ।

यसका लागि दुवै सभाका नियमावली मस्यौदा समितिले छलफल अघि बढाएका छन् ।

प्रतिनिधिसभामा १० वटा विषयगत समिति बनाउने सहमति भएको मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले बताए ।

उनले भने, 

-१० वटा विषयगत समिति बनाउने सहमति भएको छ।

-नामबारे मोटामोटी सहमति भइसके पनि अर्को बैठकमा टुंगो लाग्नेछ।

संघीय संसद् सचिवालयले तयार पारेको नियमावलीको मस्यौदामा भने सातवटा विषयगत समिति रहने खाका तयार भएको थियो ।

आइतबार बस्ने समिति बैठकले प्रतिनिधिसभामा कुन-कुन संसदीय समिति रहने भन्ने टुंगो लाग्ने समिति सदस्य एवं माओवादी केन्द्रकी नेतृ रेखा शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्