कांग्रेस संसदीय दलको चुनाव बुधबार, यस्तो छ कार्यतालिका
काठमाडौं, पुस ४ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन कार्यक्रम सार्बजनिक भएको छ । संसदीय दलको नेता चयन गर्ने निर्वाचन समितिको सोमबार बसेको बैठकले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्नेगरि निर्वाचन कार्यक्रम सार्बजनिक गरेको छ ।
आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।
संसदीय दलको विधानबमोजिम कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रियामा जानुपर्ने व्यवस्था रहेको छ । कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् । त्यस्तै नेता शेखर कोइराला पनि दलको चुनाव लड्न सक्ने बताइए पनि कोइरालाले अहिलेसम्म उम्मेदवारी घोषणा भने गरेका छैनन् ।
संसदीय दलको नेता चयन गर्ने चुनावमा प्रतिनिधिसभामा कांग्रेसबाट निर्वाचित ८९ सांसद मतदाता हुने व्यवस्था रहेको छ ।
निर्वाचन कार्यक्रम
.jpg)















प्रतिक्रिया दिनुहोस्