संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीको बैठक बस्दै
काठमाडौं, पुस ४ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज बस्दै छ।
पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ। नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन्।
संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल नै सर्वसम्मत हुने निश्चित जस्तै छ।














प्रतिक्रिया दिनुहोस्