प्रधानमन्त्रीको औपचारिक दाबी गरेको छैन, अवसर पाए लिन्छु : प्रचण्ड

काठमाडौं, पुस ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीमा आफूले औपचारिक रुपमा दाबी नगरेको बताएका छन् ।

प्रेस सेन्टर नेपालले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो प्रष्टिकरण दिएका हुन्। सत्ता गठबन्धनमा आफूले प्रधानमन्त्री पदका लागि औपचारिक रुपमा दावी नगरेको उनको भनाइ रहेको थियो ।

‘देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा गरेको छु। तर, तपाईंहरुले सुने जस्तो दाबी भनेर गठबन्धनभित्र औपचारिक ढंगले कुरा भएको छैन,’ प्रचण्डले भने, ‘बाहिर जसरी कुरा आएको त्यसरी औपचारिक रुपमा कुरा भएको छैन।’

उनले भावी प्रधानमन्त्रीका लागि छलफल चलिरहेको र सत्ता गठबन्धनको बैठक बसेर सजिलै टुंगो लाग्ने पनि बताए।

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद राख्न खोजेको कुरा जानकारी नभएको पनि उनले उल्लखे गरे ।

प्रतिक्रिया दिनुहोस्