रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन
काठमाडौं , पुस ४ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् ।
आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उनले बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्