कांग्रेस नेता खुमबहादुर खड्काको निधन, पार्टीलाई अपुरणीय क्षती

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । केहि बर्षदेखि मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ उपचारको क्रममा खड्काको निधन भएको हो ।
खड्काको निधनको पुष्टि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चार माध्यमलाई जानकारी दिए ।
मिर्गौला, छाती र नसाको समस्या झन बल्झदै गएपछि खड्कालाई उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो । उहाँलाई चैत ९ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
‘उहाँको पार्थिव शरीरलार्इ नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको प्रवक्ता शर्माले बताए ।
उनी युवाहरुको प्यारा नेताको रुपमा कहलिएका थिए । उनको निधनले पार्टीलाई अपुरणीय क्षती भएको काँग्रेस युवा नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्