प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

काठमाडौं, मंसिर २९ । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपालका लागि ईजरायलका महामहिम राजदुत श्री हानान गोडर गोल्डबर्गर बीच जङ्गी अड्डामा भेटघाट भएको छ।

बिहिवार जङ्गी अड्डामा रहेको प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटघाट भएको हो।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

उक्त भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्