काँग्रेसभित्र संसदीय दलको नेता बन्न दौडधुप, सहयोग गर्न पौडेलको देउवासँग आग्रह
काठमाडौँ , मंसिर २८ । नेपाली काँग्रेसभित्र संसदीय दलको नेता बन्न दौडधुप बढेको छ ।
यसैक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेर आफुलाई संसदीय दलको नेतामा सहयोग गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा नेता पौडेलले पार्टीको संसदीय दलको नेता आफुलाई बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।
पौडेलले विगतमा पनि आफुले सहयोग गरेको देउवालाई स्मरण गराउदै अहिले परिस्थिति अनुकूल भएको बेला सहयोग गर्न आग्रह गरेका हुन् । भेटमा पौडेलले आफु संसदीय दलको नेता बनेमा पार्टी भित्र र देशमा राम्रो सन्देश जाने बताएका थिए ।
पौडेलको अनुरोधमा सभापति देउवाले ठोस जवाफ नदिएपनि पार्टी भित्र छलफल गरौँ भन्ने जवाफ दिएको बताएका थिए ।
निर्वाचन परिणाम अनुसार ठुलो दल बनेपछि कांग्रेसबाटै प्रधानमन्त्री बन्ने सम्भावना भएपछि नेताहरु संसदीय दलको नेता बन्न दौडधुपमा रहेका छन् ।
यस दौडमा सभापति एवम प्रधानमन्त्री देउवा आफै पनि रहेका छन् भने महामन्त्री गगन थापाले पनि संसदीय दलको सभापतिमा दाबी गरेका छन् । त्यस्तै डा। शेखर कोइरालालाई पनि दाबेदारको रुपमा हेरिएको छ ।















प्रतिक्रिया दिनुहोस्