जाजरकोट जीप दुर्घटना अपडेट : मृत्तक नौं जनाको खुल्यो पहिचान

काठमाडौं, मंसिर २६ ।  जाजरकोटमा जीप दुर्घटना हुँदा नौं जनाको मृत्यु भएको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका–४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मानबहादुर रावल, बीर बहादुर खत्री, जयकुरा बुढा, बीरेन्द्र केसी, नैनसरा अधिकारी, अम्मरबहादुर खड्का, रामबहादुर बुढा, दीपक अधिकारी र देवीसरा बुढा छन् ।

दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा भएको हो । मृत्यु हुनेमा धेरैजसो लेवा गाउँका छन् । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको स्थानीय प्रेम रावतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्