जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं, मंसिर २६ । जाजरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका–४ भीरबाटी भन्ने ठाँउमा दुर्घटना भएको हो ।

कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जीप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ । दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा परेको हो । ज्यान गुमाउने धेरैजसो लेवा गाउँका छन् । उनीहरूको परिचय खुल्न बाँकी छ । दुर्घटनामा तीन जना गम्भिर घाइते भएका छन् ।

घाइतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको स्थानीय प्रेम रावतले जानकारी दिए । घटनको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थलमा प्रहरी पुगिसकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्