एमाले सचिवालय बैठक स्थगित, , कारण यस्तो छ

काठमाडौं, मंसिर २३ । शुक्रबारका लागि बस्ने भनिएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक डाकेको थियो।

एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको थियो। तीन दिनभित्र नाम पठाउन आयोगले दललाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्