सबै जनताले मानव अधिकार पाएको महशुस गर्न सकेनन्ः उपराष्ट्रपति पुन

काठमाडौं, मंसिर २२ । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन्।

बिहीबार काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुलाई पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन्।

उनले मानव अधिकार उल्लंघनका घटनाहरु अझै पनि नरोकिएको बताए। उनले सबै जनताले मानव अधिकार पाएको महशुस गर्न नसकेको बताए। उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरुको लागि आवश्यक रहेको बताए।

मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्