काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, मंसिर २२ ।  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले आगामी शनिबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो । निर्वाचनमा कांग्रेस प्रतिनिधिसभामा ८९ सिट जितेर पहिलो दल बनेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र शीर्ष नेताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्