भारतीय पक्षको ज्यादतीविरुद्ध काठमाडौंमा प्रदर्शन , मोदीको तस्बिर जलाइयो
काठमाडौँ, मंसिर २१ । दार्चुलास्थित महाकाली नदी अतिक्रमण र नेपालीमाथि भारतीय पक्षको ज्यादतीविरुद्ध बुधबार काठमाडौंका ठाउँ ठाउँमा प्रदर्शन भएको छ।
अखिल क्रान्तिकारी र अन्य विद्यार्थी संगठनहरुले लैनचौरस्थित भारतीय राजदूतावास क्षेत्र र माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। कालो ब्यानरसहित भारतविरुद्ध लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हु्न्। उनीहरुले त्यसक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर पनि जलाएका छन्।
भारतविरुद्ध चर्का नाराबाजीमा उत्रिएका प्रदर्शनकारीहरुले नेपाली नागरिकमाथि अन्याय हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै आलोचना गरेका छन्।
भारतले उत्तारखण्डतर्फ तटबन्ध बनाउँदै महाकाली नदी नेपालतिर धकेलिरहेको छ। त्यसको विरोधमा उत्रिएका नेपालीमाथि त्यहाँ भारतीयहरुले आक्रमण गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्