धुर्मुस सुन्तली फाउन्डेसनको अबको लक्ष्य ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’
काठमाडौं । सामाजिक कार्यमा सक्रिय रहेका कलाकार दम्पत्ती सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको लक्ष्य लिएको छ।
सिताराम कट्टेलले आफ्नो व्यक्तिगत फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका हुन्।
चारवटा नमूना बस्ती निर्माण गरेका धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा आफूहरुले संयोजन गर्ने बताएका छन्। फेसबुकमा लेखेको स्टाटसमा उनले केही समयमै रंगशाला निर्माण समिति गठन गर्ने र त्यही समितिको रोहबरमा रंगाशाला बन्ने उल्लेख गरेका हुन्।
धुर्मुसले सबैलाई सोधेका छन् ‘नमुना नेपाल’ र ‘अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान’मा कुन चाहिं पहिला? यसअघि घोषणा गरेको प्रोजेक्ट ‘नमुना नेपाल’को मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. प्रकृया अघि बढी राख्दा नमुना नेपाल पहिला बनाउने वा क्रिकेट मैदान पहिला भन्ने प्रश्न राखेपनि स्टाटसमार्फत नै अब दुई प्रोजेक्टलाई एकसाथ अघि बढाउने खुलाएका छन्।
‘यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो’, उनले लेखेका छन्। साथै आफ्नो हरेक परियोजना सरकारको साथको कारण सफलतापूर्वक सम्पन्न भएकाले यसमा पनि नेपाल सरकारको साथ, सहयोग र समन्वय आशा व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्