समानुपातिकमा सहभागी ४७ दल : अहिलेसम्म कसले कति मत पाए ?
काठमाडौं, मंसिर २० । मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको अन्तिम परिणाम आइसकेको छ ।
समानुपातिकर्फको भने मत गणना आज (मंगलबार) सकिने निर्वाचन आयोगले जनाएको छ ।
सोमबार रातिसम्म एक करोड चार लाख ४७ हजार ७४९ सदर मत गणना भएको छ । जसमा नेकपा (एमाले) अग्रस्थानमा छ । उसले २८ लाख एकहजार ८७० मत मत पाएको छ ।
एमाले कांग्रेसभन्दा एक लाख २८ हजार ८४३ मतले अगाडि छ । दोस्रोमा रहेको नेपाली कांग्रसले २६ लाख ७३ हजार २७ मत पाएको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६३ हजार ८५ मत पाएको छ ।
यसै चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६१४ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६८९ मत पाएको छ ।
ncll 2
Hybrid bachat khata 1200×100 1
जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४९ मत पाएको छ । यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले तीन लाख ९४ हजार ५३७ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने दुई लाख ९४ हजार ५०४ मत मात्र पाएको छ ।
समानुपातिकमा कुन दलले कति मत ल्याए ? हेर्नुस् सूची
नेकपा एमाले
२८,१४,६५५
नेपाली कांग्रेस
२६,८८,२१८
एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र÷नेपाल समाजवादी पार्टी)
११,६४,१०२
राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,७७८
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,८१६
जनता समाजवादी पार्टी, नेपाल
४,२०,९५४
जनमत पार्टी
३,९४,५३८
नेकपा एकीकृत समाजवादी
२,९६,०९०
नागरिक उन्मुक्ति पार्टी
२,७१,६७४
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२९०
नेपाल मजदुर किसान पार्टी
७५,०७९
हाम्रो नेपाली पार्टी
५५,६३२
मंगोल नेसनल अर्गनाइजेसन
४८,८२०
राष्ट्रिय जनमोर्चा
४६,४०४
नेपाल संघीय समाजवादी पार्टी
४१,८०९
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,४२९
राष्ट्रिय जनमुक्ति पार्टी
२३,९२९
जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०५४
एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी÷नेपाल नौलो जनवादी पार्टी÷सचेत नेपाली पार्टी÷नेपाल सुशासन पार्टी)
१७,८६९
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९८
बहुजन एकता पार्टी नेपाल
१७,०६९
नेपाली कांग्रेस (बीपी)
१२,४८६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२७४
नेपाली जनता दल
९,९९२
बहुजन शक्ति पार्टी
९,४३५
नेपालका लागि नेपाली पार्टी
८,४०५
नेपाल कम्युनिस्ट पार्टी
७,९९७
नेपाल लोकतान्त्रिक पार्टी
७,६९४
नेपाल जनता पार्टी
७,५१०
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३८६
मितेरी पार्टी नेपाल
७,०४३
जनजागरण पार्टी नेपाल
६,५३९
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४११
तराई मधेश लोकतान्त्रिक पार्टी
५,९७०
जनसमाजवादी पार्टी, नेपाल
५,८८४
एकल चिह्न गितार (सामाजिक एकता पार्टी÷नेपाल कम्युनिस्ट पार्टी समाजवादी÷नेपाल दलित पार्टी)
५,७९७
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१
विवेकशील साझा पार्टी
४,०४१
एकीकृत शक्ति नेपाल
३,७७८
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,६९४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०५
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३९
मौलिक जरोकिलो पार्टी
३,२३६
नेपाल समावेशी पार्टी
२,९५३
नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,१९५
राष्ट्रिय नागरिक पार्टी
२,१४८
नेस्नलिस्ट पिपल्स पार्टी
२,०१५
स्रोत : निर्वाचन आयोग















प्रतिक्रिया दिनुहोस्