काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता दिने
काठमाडौं, मंसिर २० । लोकसेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई काठमाडौं महनागरपालिकाले जागिर दिने भएको छ।महानगरले करारमा इन्जिनियर नियुक्त गर्दा लोकसेवाका वैकल्पिक उम्मेदवारलाई प्राथमिकता दिने भएको हो ।
महानगरले एक सूचना जारी गर्दै लोकसेवा आयोगको परीक्षामा वैकल्पिकमा सिफारिस भएकाहरूलाई सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ।आर्थिक वर्ष २०७९/८० का १५ विज्ञापनमा वैकल्पिक पर्नेले आवेदन दिन पाउने भएका छन्। महानगरपालिकाले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्ने भएको हो ।
महानगरले एक सूचना जारी गर्दैउ अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरूलाई सात दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ।महानगरको सूचना अनुसार आठौं दिनदेखी निवेदन दिने उम्मेदवारहरु मध्येबाट योग्यता क्रमानुसार करारमा नियुक्ति दिई कामकाजमा लगाइने उल्लेख रहेको छ।
लोकसेवाको प्रवेश पत्रको प्रतिलिपि, स्नातक पास गरेको प्रमाण र निवेदन पेश गर्न आग्रह गरेको छ।















प्रतिक्रिया दिनुहोस्