मेडिकल काउन्सिलको सदस्यबाट राजीनामा दिइन् तोसिमाले
काठमाडौं, मंसिर । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन्।
कार्कीले आइतबार काउन्सिलसमक्ष राजीनामा दिएकी हुन्। काउन्सिलले कार्कीको राजीनामा पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद विजयी भएकी हुन्। कार्की मेडिकल काउन्सिल सदस्यबाट राजीनामा नदिई चुनावमा उठेको विषयमा विवाद भएको थियो।
सर्वोच्च अदालतले विवादको निरुपण भएपछि उनको उम्मेदवारी कायम रहेको थियो।
प्रतिक्रिया दिनुहोस्