प्रतिनिधिसभा समानुपातिकतर्फ:  यी हुन् पाँच हजारभन्दा कम मत पाउने १०  दल

काठमाडौं,मंसिर १८ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना गरिएको छ । त्यसमध्ये १० दलले पाँच हजारभन्दा कम मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगको वेबसाइटमा राखिएको तथ्यांकानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ सबैभन्दा कम मत पाउनेमा नेश्नलिष्ट पिपल्स पार्टी छ । सो पार्टीले दुई हजार १५ मत पाएको छ ।

यो सूचीअनुसार त्यसपछि कम मत पाउनेमा राष्ट्रिय नागरिक पार्टी छ । राष्ट्रिय नागरिकले दुई हजार १४३ मत ल्याएको छ ।

नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले दुई हजार १९१, नेपाल समावेश पार्टीले दुई हजार ९५२, मौलिक जरोकिलो पार्टीले तीन हजार २३५, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले तीन हजार ३३२ मत पाएका छन् ।

यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तीन हजार ४०४, नेपाल कम्युनिष्ट पार्टी मओवादी समाजवादीले तीन हजार ६९४, एकीकृत शक्ति नेपालले तीन हजार ७७६ र विवेकशील साझा पार्टीले चार हजार ३९ मत ल्याएका छन् । अरू दलले पाँच हजारभन्दा बढी मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्