विश्वकप लिग- २ मा नेपालले आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं, मंसिर १८ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले स्कटल्यान्डको सामना गर्ने भएको छ।

लिग २ अन्तर्गतको छैटौं सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्न लागेको हो। खेल दिउँसो १:४५ बाट सुरु हुनेछ।

लिग २ को तालिकाको छैटौं स्थानमा रहेको नेपालका लागि यो सिरिज निकै महत्त्वपूर्ण छ। यो सिरिजबाट नेपालले केही अंक बटुल्न सके आउने खेलमा सहज हुनेछ।

यता लिग दुईको शीर्षस्थानमा पुग्नका लागि संघर्ष गरिरहेको स्कटल्यान्डविरुद्ध नेपाललाई जित निकाल्न पनि त्यति सहज भने छैन। यद्यपि नेपालले यसअघिको एक खेलमा जित निकालेको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्