एकिकृत समाजवादीले भन्यो- माओवादी केन्द्रसँगको एकता प्रचार गलत र निराधार हो

काठमाडौं, मंसिर १६ ।  नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्रसँगको एकताबारे भ्रम फैलाइएको उल्लेख गर्दै उक्त कुरा गलत र निराधार भएको जनाएको छ।

नेकपा (एकिकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रसँग एकताका लागि पार्टी भित्र कुनै निर्णय नभएको स्पष्ट पारेका छन्। ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन’, शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।

डा. भुषालले एकताको प्रचार गरेर भ्रम फैल्याउन खोजिएको आरोप लगाएका छन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी स्पष्ट छौं’, उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन। हुदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्