निर्वाचन कानून सन्तोषजनक भएन, नयाँ बनाउनु पर्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, मंसिर १६ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानूनसँग सन्तोषजनक नभएको भन्दै नयाँ बनाउनु पर्ने बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले शुक्रबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा थपलियाले अब नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्थापन गर्ने तयारीमा आयोग जुटेको बताए ।

प्रतिनिधि सभा र प्रदेश सभा सम्बन्धी कानून एकै ठाउमा राखेर बनाइनले उनले बताए । स्थानीय निर्वाचनको अनुभवलाई मध्यनजर गर्दै अहिलेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा नै अनुगमन समिति बनाइएको र प्रभावकारी पाइएको थपलियाले बताए ।

नेपालमा अहिलेको निर्वाचनले दल र उम्मेदवारमा उच्च राजनीतिक संस्कार विकास भएको र यसलाई आगामी दिनमा स्थापित गर्नुपर्ने उनले बताए ।

थपलियाले निर्वाचनमा राजनीतिक दल समावेशीको मुद्दामा कमजोर देखिएको र आगामी दिनमा समावेशिताको विषयलाई ध्यान दिन आवश्यक रहेको बताए । उनले निर्वाचन आयोगको नेतृत्वमा निर्वाचन भए पनि सवै सरोकारवालाहरुको सहयोगमा नै निर्वाचन सफलताका साथ सम्पन्न भएको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्