सांसद चौधरीको पहलमा रासायनिक मल बितरण सुरु
काठमाडौं, मङ्सिर १६ । संघीय सांसद विनोद चौधरीको पहलमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा आएको रासायनिक मल बितरण सुरु भएको छ ।
सांसद चौधरीले नवलपरासीका किसानलाई लक्षीत गरी लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत रासायनिक मल ल्याउन पहल गरेका थिए ।
सो अन्तर्गत जिल्लामा प्राप्त भएको ४२७।४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकामा वितरण गर्न सुरु गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी ९ बर्दघाट –सुस्ता पश्चिम ० का प्रमुख सन्तोष चौधरीले जानकारी दिए ।
पहिलो चरणमा सुस्ता प्रतापपुर र सरावल गाउंपालिकामा मल वितरण गरिने छ भने दोस्रो चरणमा अन्य पालिकामा रासायनीक मल वितरण गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । सांसद चौधरी नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चीत भएपछि जनजिवीका संग सम्वन्धीत जनताका समस्या समाधान गर्ने उदेश्यले यस अगाबै जनसम्पर्क कार्यालय स्थापना गरी जनताको समस्या समधान गर्न लागेका छन् ।।
सांसद चौधरी सम्मानीत
नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) को बर्दघाट नगरपालिकाले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई शुक्रवार सम्मान गरेको छ । पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत विनोद चौधरी यसैगरी प्रदेश सभा सदस्यद्धय देवकरण प्रसाद कलवार ( सन्तु ) र बिश्वप्रेम पाठकलाई संयुक्त रुपमा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत चौधरीले यस क्षेत्रको चौतर्फी बिकासमा आफु दिन रात नभनिकन जनताको काममा सदैभरी क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गरे ।















प्रतिक्रिया दिनुहोस्