सुनसरी-४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र कार्की विजयी

काठमाडौं, मंसिर १५ ।  सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्।

सञ्चार सूचना तथा प्रविधिमन्त्री समेत रहेका कार्की १ सय १२ मतान्तरसहित विजयी भएका हुन्।

एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै कार्की विजयी भए।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीको जितसँगै कार्की दोस्रो पटक संसद भवन प्रवेश गरेका छन्।

कार्की भोजपुरबाट पटक पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी -४ बाट चुनाव लडेर निर्वाचित भए। त्यतिबेला कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्