प्रतिनिधिसभा सदस्यका उम्मेदवारको चुनावी खर्च २५ लाख

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले चुनावमा २५ लाखसम्म खर्च गर्न पाउने खर्चको सीमा सार्वजनिक गरेकोछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको चुनाव खर्चको सीमा सार्वजनिक गरको हो । आयोगको खर्च सिमानुसार प्रतिनिधिसभा सदस्यले २५ लाख खर्च गर्न पाउने छन् भने प्रदेशसभाका उम्मेदवारले १५ लाख खर्च गर्न सक्नेछन् । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यले सवारी साधन र कार्यालय सञ्चालनमा ५/५ लाख खर्च गर्न पाउने छन् भने प्रतिनिधि परिचालनको सीमा २ लाख छ ।

यस्तै इन्धन, प्रचार सामाग्री, छापा तथा विद्युतीय प्रचारमा १/१ लाख खर्च गर्न सकिने आयोगले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्